आइतवार, आश्विन १८ गते २०८३

आन्दोलन नरोकिएसम्म राप्रपा नेताहरुले पीएसओ नपाउने

बुधवार , जेठ २२, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दिएका सुरक्षाकर्मी (पीएसओ) आन्दोलन नरोकिएसम्म फिर्ता नगरिने भएको छ। 

राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरुको संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरुलाई दिएका पीएसओहरु फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङका लागि राजावादी दलका नेताहरुको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएका बताएका थिए। 

तर ब्रिफिङपछि पनि उनीहरुलाई फिर्ता नगरिएको हो। गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरुको सुरक्षामा खटिएका प्रहरी फिर्ता नहुने प्रस्ट पारेका छन्।

प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्वमन्त्री एवं सांसद दीपक सिंह, पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुबबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता बोलाइएको छ। राजतन्त्र पक्षधर नेताहरुको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने गृहमन्त्री लेखकले बताए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार