काठमाडौं। पवनदीप राजन भारतीय रियलिटी शो ‘इन्डियन आइडल १२ को उपाधी उचालेका छन्।
सोनी टीभीबाट प्रसारण हुने चर्चित भारतीय गायन प्रतिस्पर्धाको फाइनलमा पवनदीप विजेता बनेका हुन्।
उनीसंगै फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबले पुगेका थिए।
पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसहित स्विफ्ट कार र २५ लाख भारु समेत हात पारेका छन्।
त्यस्तै, अरुणिता फर्स्ट रनरअप बनेकी छन् ।