काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई सात बुँदामा जवाफ दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई जवाफ दिएका हुन् । उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि एमालेको झोला गौरवका साथ बोक्न आग्रह गरेका छन् । प्रतिकृयावादीहरुले एमालेको विरुद्धमा सिर्जना गरेका सबै भ्रमहरूबाट मुक्त हुन आग्रह गरेका छन् ।
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।