आइतवार, आश्विन १८ गते २०८३

अग्नीविरुद्धको मुद्दामा सर्वोच्चको आदेश: प्रचण्ड निवासमा माओवादी बैठक जारी

बिहिवार , जेठ २३, २०८२

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अहिले बसिरहेको छ। 

माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो। 

यही सन्दर्भसहित विभिन्न राजनीतिक विषयमा छलफलका लागि बैठक बसेको प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले जानकारी दिए। 

आचार्यले बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाको विषयमा गरेको फैसलालाई माओवादीले त्यति नकारात्मक रुपमा लिएको छैन। सर्वोच्चले सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा हिजो उत्प्रेषणको आदेश जारी गरेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार