काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा अहिले टिप्पणी गर्ने समय नभएको बताएका छन् ।
पदाधिकारी बैठकपछि उनले पार्टीबाट यस्तो धारणा रहेको बताएका हुन् । उनले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन् ।
उनले भने, ‘लिखित आदेश आएको छैन, आफ्नै ढङ्गबाट प्रचारप्रसार र व्याख्या गरिएको छ, यसका बारेमा अहिले नै छलफल गर्नुपर्ने र धारणा बनाउनुपर्ने अवस्था होइन, पूर्णपाठ आइसकेपछि मात्रै भन्न सकिन्छ । अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता देखिँदैन ।