आइतवार, आश्विन १८ गते २०८३

प्रचण्ड र पूर्णबहादुरबीच छलफल

शुक्रवार , जेठ २४, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भएको छ । 

संघीय संसद् भवनमा उनीहरूबीच संसदको अवरोध खुलाउनेबारे छलफल भएको हो ।  खड्कासँगको छलफलअघि प्रचण्ड विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् । प्रतिनिधि सभाको आइतबार बस्ने गरि बोलाइएको छ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार