आइतवार, आश्विन १८ गते २०८३

सवा ३ बजे बस्ने गरी सर्‍यो प्रतिनिधि सभाको बैठक

आइतवार , जेठ २६, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक सवा ३ बजे बस्ने गरी सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर पछिल्लो समय प्रतिनिधि सभाको बैठक चल्न सकिरहेको छैन । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । तर, त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

संसद्को अवरोध खुलाउने विषयमा शनिबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो । तर, निकास निस्कन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार