आइतवार, आश्विन १८ गते २०८३

एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार , जेठ २८, २०८२

काठमाडौँ । भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेश प्रदेशसभा सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनी समेतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठाकुर धनुषाको प्रदेशसभा निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता समेत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार