आइतवार, आश्विन १८ गते २०८३

म्याग्दी पुगेका प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान

बुधवार , जेठ २९, २०८२

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन्। अध्यक्ष प्रचण्डले बुधबार बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा स्नान गरेका उनको सचिवालयले जनाएको छ। 

पार्टीको कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए। म्याग्दी हुँदै आजै उनी मुस्ताङतर्फ लागेका छन्। मुस्ताङमा उनलाई स्थानीय नेताकार्यकर्ता र प्रमुख अधिकारी लगायतले स्वागत गरेका छन्। 

मंगलबार नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको तेस्रो महानगर सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएर उनी हिमाली जिल्लाको भ्रमणमा लागेका हुन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार