आइतवार, श्रावण २४ गते २०८३

आज हुने भनिएको अनेरास्ववियुको मतदान भोलि बिहान हुने

बुधवार , जेठ २९, २०८२

काठमाडौं । निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान भोलि बिहान मात्रै हुने भएको छ।

यसअघि निर्वाचन समितिले आज राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो ।

सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै भोलिका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको संगठनका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले नेपाल प्रेसलाई जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार