आइतवार, आश्विन १८ गते २०८३

५ महिनापछि मेयर बालेन र उपमेयर सुनीताको वार्ता

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलले कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरेका छन् । उनीहरूबीच औपचारिक रुपमा ५ महिनापछि बैठक र छलफल भएको हो ।

महानगर स्रोतका अनुसार, ‘मेयर, उपमेयर र केही वडा अध्यक्षहरूबीच बुधबार महानगरको कार्यपालिका बैठक बोलाउने र बजेटमा के कसरी गर्ने भन्नेबारे छलफल भयो, मेयर र उपमेयर गत पुसपछि पहिलोपटक औपचारिक रुपमा यसरी छलफल भएको हो ।’ कार्यपालिकाको बैठक पुस १४ गते बसेको थियो ।

मेयर र उपमेयरसँगैको छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न दिने र नदिने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो । पछि बहुमत वडा अध्यक्ष र कर्मचारीको बलमा उपमेयर डंगोलले उनलाई महानगरमा हाजिर गर्ने वातावरण बनाएकी थिइन् ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार