आइतवार, आश्विन १८ गते २०८३

नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बस्दै

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्न लागेका हुन् ।

नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै त्यसका सत्तापक्षको धारणा मागेको थियो । सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने भनेको छ ।

यो अवस्थामा फेरि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार