काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो दलिएको छ ।
उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेको प्रहरीले बताएको छ । इजलासमै पुगेर उनीहरुले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम बिस्फोटमा परेका घाइतेहरुलाई जिउँदै इट्टाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए ।
तर, उच्चअदालत जनकपुरको वीरगञ्ज इजलासले उनी निर्दोष रहेको भन्दै सफाइ दिएको थियो । लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए ।