काठमाडौं । प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।
यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।