आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध कायमै, पाण्डेले राखे धारणा

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । विरोधकै बीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले धारणा राखिरहेका छन् ।

केही बेर दुई दलका सांसद उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरे रोकिए पनि उनीहरू बस्ने छाट नदेखेपछि सभामुखले पाण्डेलाई बोल्न दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । 

आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् ।  ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार