आइतवार, आश्विन १८ गते २०८३

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको हो । 

 सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार