काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राख्ने बताएको छ । रास्वपाका नेता शिशिर खनाल आफूहरूको माग सम्बोधन नभएको बताउँछन् ।
रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।
विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् ।