काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज पनि प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिके रास्वाप सांसदहरुले वेल घेरेर नाराबाजी सुरु गरेका छन् ।
सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका छन् । आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।