आइतवार, आश्विन १८ गते २०८३

महोत्तरीस्थित गौशालाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । नगरप्रमुख डा. दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि उनीहरूबीच विवाद बढेको थियो । अहिले उनी कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक भिडिओमा उपप्रमुखले नगरप्रहरीलाई भनेकी छन्, किन लुकेर बसेको यता आऊ न आऊ । उनले भिडिओमा आफ्नो कार्यकक्ष पनि तोडफोड भएको सूचना पाएको सुनाएकी छन् । उनका अनुसार आज कार्यपालिका बैठक पनि बोलाइएको छ ।

कार्यतालिका १० बजे राखिएको थियो । सधैँ ढिला सुरु हुने भएकोले आज केही ढिला आएको म पनि कार्यव्यस्तताले उनले भनेकी छन् । नगरप्रमुख महतोसँग भने टेलिफोन सम्पर्क हुन सकेन् ।   

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार