काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन् । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।
तर सभामुखले बैठक सन्चालन गरेको भन्दै उनको आलोचना पनि भएको छ । नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसदमा विरोध जनाएको थियो ।
तर पछि भिजिट भिसाको नाममा हुने अनियमिताको विषयमा छानविन गर्न एक महिनाभित्र समिति बनाउने सहमतिसँगै अवरोध हटाउन तयार भएको थियो ।