काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका थिए ।
लगत्तै सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्न दिएका थिए । उनले बोले लगत्तै कांग्रेस प्रमुख सचेतकले रास्वपाका सांसदहरूले आज निलो रिबन लगाएर जनाएको विरोधमा नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख घिमिरेले आजै आधा घण्टापछि बस्ने गरी बैठक स्थगित भएको सूचना सुनाए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन् ।