आइतवार, आश्विन १८ गते २०८३

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो (विज्ञप्तिसहित)

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बुधबार (भोलि) बिहान साढे ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ, ।’

उक्त बैठकमा तीन हप्तायता जारी संसद्को अवरोध, बजेटलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार