काठमाडौं । बैतडीमा काम गरेको पैसा नपाएपछि श्र।मिकहरुले वडा कार्यालयमा तावा लगाइदिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गरिएको कामको पैसा नपाएपछि पाटन नगरपालिका–९ को वडा कार्यालयमा कामदारहरूले सोमबार तालाबन्दी गरेका छन् ।
नगरपालिकाबाट भुक्तानी भइसकेको रकमसमेत आफूहरूले नपाएको मजदुरहरूको गुनासो छ । काम गराएर भुक्तानी भइसकेको रकमसमेत लडाले दिन आनाकानी गरिएको उनीहरूको गुनासो छ । तर वडा कार्यालयले भने नगरपालिकाबाटै कम रकम आएकाले भुक्तानीमा समस्या भएको दावी गरेको छ ।
कार्यवाहक वडाध्यक्ष इन्द्रबहादुर बोहराका अनुसार वडा नं ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ वटा योजना सञ्चालन भएका र ती योजनाका लागि ७६ जना सूचीकृत भएका थिए । पछि वडा कार्यालयकै रोहबरमा २९५ जनालाई रोजगारी दिइएको थियो ।
नगरपालिकाबाटै ४ लाख ७२ हजार रुपैयाँ कम भुक्तानी भएकाले रकम वितरणमा समस्या भएको वडा कार्यालयले जनाएको छ । तर कामदारहरूले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको बताएका छन् ।