काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच आज दिउँसो छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शीर्ष नेताबीच बैठक हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार दिउँसो ३ बजे बैठक हुने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताएका छन् ।