आइतवार, श्रावण २४ गते २०८३

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) फिल्म ‘गोबर गणेश’ निर्माण गर्दै

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउन लागेका हुन् । 

यस फिल्मलाई चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ । फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरेलाई देख्न सकिन्छ । मरिचमान आफैले अभिनय गर्नेबारे खुलेको छ । पूजन घिमिरे ‘पुकु’को रुपमा चर्चित छिन् । मरिचमानसँग उनको सिरियल सहकार्य लामो समयदेखि हुँदै आएको छ । मरिचमानकै कम्पनी बल्छी धुर्बे फिल्म्स प्रालिले निर्माण गर्ने र फिल्मको बजेट २ करोड रहेको छ ।

टेलिश्रृंखलामा चर्चित बल्छीधुर्बे यस फिल्ममार्फत फिचर फिल्मको निर्माणमा होमिएका हुन् । चाडै टाइटल पोस्टर सार्वजनिक गरिने फिल्मको भदौंदेखि छायांकन सुरु गरिनेछ । ‘मेरी बास्सै’ बाट ‘बल्छी धुर्बे’ पात्रले चर्चामा आएका श्रेष्ठ पछिल्लो समय ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा ब्यस्त रहेका छन् ।

यसअघि पनि टेलिसिरियलबाट आएकाले फिल्म निर्माण गरिसकेका छन् । ‘सक्किगोनि’ले ‘लाज शरणम्’ र ‘तीतो सत्य’ले ‘छक्कापञ्जा’ श्रृंखला बनाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार