काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको छ ।
न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको हो ।
आदेशमा भनिएकाे छ, ‘प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन । अतः प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकको नाममा महानगरपालिकाले गत जेठ २० मा निलम्बन गरेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखेर निवेदकलाई उनको पदमा रहेर कामकाज गर्न दिनु दिलाउन अन्तरिम आदेश जारी गरिएको छ ।’