आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओली प्रचण्ड र देउवासँग छलफल गर्ने तयारीमा

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको थियो । यसका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नै छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर रहेकाले छलफल हुन सकेको छैन् । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘मंगलबार बेलुकी चितवनबाट प्रचण्ड काठमाडौं आउने भनेपछि बुधबार राखियो, उहाँ आउनुभएन । आज दिउँसो २ बजे बसौं भनिएको छ । तर, प्रचण्डको फर्किने कुराले कतिबेला बस्छ भन्ने तय हुन्छ, ।’

ती अधिकारीका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा तीन दलका शीर्ष नेताहरू बस्न लागेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ । त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्न लागेको नेताहरू बताउँछन् ।

अध्यक्ष प्रचण्ड काठमाडौं आएपछि तीन नेताबीच छलफल हुनेछ । कांग्रेस र एमालेका नेताहरू भने निरन्तर संवादमा छन् । उनीहरू बुधबार बेलुकी पनि छलफलमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार