आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभा बैठकमा रास्वपाको वेल घेराउ, संसद बैठक जारी

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो । तर संसद बैठक भने जारी छ ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिएका हुन् । उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाएका छन् ।

संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् । राप्रपाले भने आजको बैठक बहिस्कार गरेको छ । सभामुख घिमिरेले आज शून्य समय हटाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार