आइतवार, आश्विन १८ गते २०८३

संसद बैठकमै सांसद अमरबहादुर थापाले च्याते बजेट पुस्तिका

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताएका छन् । उनले बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप लगाएका छन् ।

सांसद थापाले भने, ‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार