आइतवार, आश्विन १८ गते २०८३

यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ : सांसद सिंह

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले दलित समुदायमाथि अन्याय गरिरहेको बताएका हुन् । डा. सिंहले भने, ‘यो सरकार आएपछि देशभरका दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ, महोत्तरीको रामगोपालपुरमा केही दिनअघि दलित महिलाकी एक महिलामाथि सामूहिक बलात्कार भयो । तर, अहिलेसम्म कारबाही भएन ।’

दलित यो देशको नागरिक होइन र उसले न्याय नपाउनु पर्ने भन्दै उनले सरकारसँग प्रश्न गरेका छन् । फरक प्रसंगमा उनले पैसा खाएर सवारीचालक इजाजतपत्र बाँडिएकाले दिनहुँ दुर्घटनाका घटना बढिरहेको बताएका छन्  ।

उनले भने, ‘पैसा खाएर हातहातमा लाइसेन्स दिइएको छ । टिपर चलाउने अधिकांशको लाइसेन्स नक्कली छ । जसका कारण दिनहुँ दुर्घटनाको घटना बढिरहेको छ, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार