आइतवार, आश्विन १८ गते २०८३

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने : ज्ञानेन्द्र शाही

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनधि सभामा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो प्रस्ताव राखेका हुन् । भिजिट भिसा प्रकरणमा पुर्ब गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बाहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ । भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरुको विरोध कायमै रहने उनले बताएका छन् । शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिएका छन् ।

विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरेका छन् । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार