काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन् ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्का एक सदस्यले जानकारी दिएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्मा तानेको हो ।
उनका अनुसार फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएको हो । ती सदस्यले भने, ‘उनीहरू छानबिनमै रहेकाले थप कुरा बुझ्न सजिलो हुन्छ, जाँचबुझ भइरहेकै छ बाँकी कुराहरू केही दिनमा सार्वजनिक होला ।’