शुक्रबार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ
। देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका भूभागहरूका थोरै स्थानहरूमा हवाहरिको सम्भावना रहेको छ।
यस्तै राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली तथा पाल्पा र बागलुङको नारायणी नदीमा बाढी आएको छ ।
बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ्ग लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।