आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रास्वपाले विरोध जारी राखेपछि कार्यसूचीबाट हटाइयो

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार