काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसदमध्ये १३ सांसदले कालो पोशाकमा निलो रिबन लगाएका थिए । उनीहरूले संसद् परिसरसमा सामूहिक फोटोसमेत खिचाएका छन् ।
पटकपटक सुनाउन खोजे पनि सरकारले नसुनेकाले विरोधको यो शैलीमा उत्रनु परेको रास्वपा सांसदहरूले बताएका छन् ।