आइतवार, आश्विन १८ गते २०८३

सदनमा बोल्न नदिइएपछि बैठक बहिस्कार गरेका हौं : रास्वपा

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिस्कार गर्नुपरेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठक बहिस्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिस्कार गर्न परेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा सांसद सुमन श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् ।

प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नु पर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार