काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी भएका छन् । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवासहित गृहमन्त्री रमेश लेखक सहभागी भएका छन् ।
त्यस्तै माओवादीका तर्फबाट अध्यक्ष दाहालसहित वर्षमान पुन सहभागी भएका छन् । छलफलमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र खिमलाल देवकोटा पनि सहभागी भएका छन् ।