आइतवार, आश्विन १८ गते २०८३

गण्डकीका सांसद रेशम बहादुर जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।

अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरेका छन् । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि प्रश्न गरेका छन् ।

उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार