आइतवार, श्रावण २४ गते २०८३

करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलिया 

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं । बलिउडका चर्चित निर्देशक तथा अभिनेता करण जोहरले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । करणले ५ बर्षपछि फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ निर्देशन गर्ने भएका हुन् ।

करणले नयाँ फिल्मको घोषणा गर्दै केही बर्षपछि निर्देशनमा फर्कन पाउँदा खुशी लागेको बताएका छन् । करणका अनुसार यस फिल्म पारिवारिक प्रेम कथामा आधारित रहनेछ । 

यस फिल्ममा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहनेछ । नयाँ फिल्मको बारे तरन आदर्शले सामाजिक सञ्जालमार्फत भिडियो शेयर गर्दै जानकारी दिएका छन् ।

रणवीर र आलियाको जोडीलाई यसअघी चलचित्र ‘गुल्ली ब्वाई’मा दर्शकले रुचाएका थिए । अब भने दोस्रो पटक यी दुई एकसाथ देखिने भएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार