बुधवार, आश्विन १४ गते २०८३

कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ । 

राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए । 

एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।   कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो । 

यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार