आइतवार, आश्विन १८ गते २०८३

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ ।  सत्तापक्षीय दलका शीर्ष नेताको बैठक जारी छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षीय दलका शीर्ष नेताहरु बैठक बसेकाे हाे । आगामी वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्‌बाट पास गर्ने तयारी छ। त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाललगायत सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार