बुधवार, आश्विन १४ गते २०८३

रोल्पाको थवाङ-५ का वडाध्यक्षको निधन

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका(५ का वडाध्यक्ष गोवर्द्धन घर्ती मगरको निधन भएको छ। मिर्गौला र कलेजोको मस्यासँग जुधिरहेका मगरको मंगलबार साँझ निधन भएको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिए। 

‘उहाँ बिरामी हुनुहुन्थ्यो, उपचारकै क्रममा उहाँको निधन भएको हो,’ अध्यक्ष मगरले  भने, ‘हामी अहिले उहाँको अन्तिम संस्कारको लागि घाट जाँदैछौँ।’

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। अन्त्यष्ठीको लागि उनको शव गएराति नै घर पुर्याइएको थियो। 

वडाध्यक्ष मगरको निधनमा थवाङ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ।  घर्ती स्थानीय तहका गएका दुवै निर्वाचनमा थवाङ ५ बाट प्यानलसहित विजयी भएका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार