आइतवार, आश्विन १८ गते २०८३

सम्पत्ति शुद्धीकरण विभागले अमलालाई खोजेका बखत उपस्थित हुने सर्तमा छाड्यो

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ । ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोका सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि रिहा भएकी छन्। सम्पत्ति शुद्धीकरण विभागले उनलाई खोजेको बखत उपस्थित हुने सर्तमा रिहा गरेको हो। 

सोमबार उनलाई ६१ किलो सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतमा धरौटी बुझाएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो। 

विभागले उनीसँग बयान लिएर रिहा गरिदिएको हो । ६१ किलो सुन तस्करीको मुद्दा सीआईबीले र सोही मुद्दाका प्रतिवादीहरुलाई सम्पत्ति शुद्धीकरणको मुद्दा भने विभागले नै अनुसन्धान गरिरहेको छ । मुद्दा अदालतमा पेश गरिसकेको छैन। अब चाँडै अदालत मुद्दा लैजाने तयारी भएको पनि विभागका एक अधिकारीले बताए । 

रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट गत शुक्रबार पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा आइतबार उपस्थित गराएर बकपत्र गराइएको थियो । सोमबार बहसपछि थुनछेक आदेश आएको हो ।

२०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। २६ जना पक्राउ परेका थिए । तीन जना फरार थिए। अमलासँगै भोला साह र जीवन चलाउने फरार थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार