आइतवार, आश्विन १८ गते २०८३

च्यासलमा एमालेको सचिवालय बैठक जारी

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यतालिकाका कारण ३ बजेका लागि सारिएको थियो । आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । सोही महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार