बुधवार, आश्विन १४ गते २०८३

एमालेको मूल्यांकन : सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी

बुधवार , आषाढ ११, २०८२

काठमाडौँ ।  सत्तारुढ नेकपा (एमाले)ले सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्यांकन गरेको छ।

बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो। 

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए।

‘पार्टीले सरकारको एक वर्ष सफल भएको निष्कर्ष निकालेको छ,’ ज्ञवालीले भने, ‘दुई दलबीच भएको सम्बन्ध दलीय र नीतिगत निर्णयमा पनि बलियो हुँदै गएको छ। अर्थतन्त्रमा समेत विस्तारै सुधार हुँदै गएको छ। अर्को सरकारले बनाएको बजेट कार्यान्वयन गर्दा पनि मुलुकमा जटिलताहरु सल्टाउन सफल भएका छौँ।’

त्यस्तै सत्ता साझेदार कांग्रेस-एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए। दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको बताउँदै ज्ञवालीले सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै जानु पनि सरकारको सफलता रहेको बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार