बुधवार, आश्विन १४ गते २०८३

ललितपुरमा बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु

बिहिवार , आषाढ १२, २०८२

काठमाडौँ । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु भएको छ। 

महाँकाल गाउँपालिका–६ का वडाअध्यक्ष विनोद चौलागाईंले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सवइन्जिनियर २१ वर्षीय सविन दाहाल छन्।

बुधबार साँझ ठूलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने दाहाल बेपत्ता भएका थिए। 

गएराति १० बजेतिर उनको शव फेला परेको हो। ‘खोल्सामा साँझ साढे सात बजेतिर आएको बाढीले बगाउँदा उहाँ बेपत्ता हुनु भएको थियो। हामीले खोजीको क्रममा राति १० बजेतिर शव फेला परेको हौँ,’ चौलागाईँले भने। 


घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार