बुधवार, आश्विन १४ गते २०८३

त्रिभुवन राजपथ आज र भोलि दिउँसो बन्द रहने

शुक्रवार , आषाढ १३, २०८२

 काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो बन्द हुने भएको छ ।

हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर दुई दिन त्रिभुवन राजपथ बन्द हुने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार