आइतवार, आश्विन १८ गते २०८३

हुम्लामा सडक पुर्‍याउने सपना पूरा हुँदैछ : प्रधानमन्त्री

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौँ । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको एक पोष्ट सार्वजनिक गर्दै हुम्लामा सडक सञ्जाल पुर्‍याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको लेखेका छन्।

‘७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना अब पूरा हुँदैछ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार