आइतवार, आश्विन १८ गते २०८३

आलोकनगरमा नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा चलिरहेको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।

साथै, आगामी उपनिर्वाचनका विषयमा पनि छलफलको एजेन्डा रहेको उनीहरूको भनाइ छ । पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी ३५ लाख रूपैयाँ धरौटी तिरेर रिहा भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ नेपाल सांसद पदबाट निलम्बित भइसकेका छन् । उनी निलम्बनमा परेको सूचना सभामुखले जेठ ३० गते संसदमा पढेर सुनाएका थिए । भ्रष्टाचार निवारण ऐनअनुसार, भ्रष्टाचार मुद्दा दायर भएपछि कुनै पनि सार्वजनिक पदाधिकारी पदबाट निलम्बित हुन्छन् ।

तर, नेपालले भने भ्रष्टाचार अभियोग लागेपछि पनि नियमित रूपमा नेकपा एकीकृत समाजवादीको अध्यक्षता गरिरहेका छन् । उक्त पार्टीले अरू कसैलालाई कार्यवाहक पनि तोकेको छैन् ।

मुद्दा चल्नुभन्दा अगाडि उनले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष तोक्ने विषयमा केही निकटस्थ नेताहरूसँग छलफल गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार