आइतवार, आश्विन १८ गते २०८३

माधव नेपालले अध्यक्ष पद छाड्न नहुने नेकपा एसको निष्कर्ष

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो । राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे । उनले प्रतिशोधपूर्ण रूपमा लगाइएको मुद्दा भएकाले नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार